४ आश्विन २०८१, शुक्रबार

चीन पाकिस्तानद्वारा  श्रीलंका विरूद्ध माानवअधिकार उल्लंघनको प्रस्तावको विपक्षमा मतदान, भारत अनुपस्थित

प्रकाशित मिति :  23 March, 2021 5:59 pm


काठमाडौ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा श्रीलंका विरूद्ध मानवअधिकार उल्लंघनको प्रस्तावमा मतदान हुँदा भारत अनुपस्थित भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार श्रीलंका विरूद्ध मानवअधिकार उल्लंघनसम्बन्धी प्रस्तावको पक्षमा  २२ देश रहेका छन् । चीन र पाकिस्तानले यो प्रस्तावको विरोध ग¥यो ।

भारत समेत १४ देशले यो प्रस्ताव उपर मतदान हुँदा अनुपस्थित रहने नीति अख्यितार गरेको छ ।

भारत समेत १४ देशले यो प्रस्ताव उपर मतदान हुँदा अनुपस्थित रहने नीति अख्यितार गरेको छ ।

प्रस्ताव मतदानमा जान अघि भारतले आफू अनुपस्थित हुने विषयमा विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ “ श्रीलंकामा मानवअधिकारलाई लिएर भारत दुई मुख्य मुद्दामा ध्यान दिन्छ । पहिलो तमिल समुदायलाई हाम्रो समर्थन र उनीहरूको समानता, गरिमा, शान्ति र न्याय हो । दोस्रो श्रीलंकाको एकता , स्थिरता र क्षेत्रीय अखण्ढता हो । हामीलाई लाग्छ यी दुई मुद्दा एक अर्कासँग अघि बढ्छन् र श्रीलंकाको उन्नति दुवै मुद्दामा ध्यानदिँदा सुनिश्चित हुनेछ ”



प्रतिक्रिया दिनुहोस !