१ माघ २०८१, मंगलबार

एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन

प्रकाशित मिति :  23 March, 2021 5:58 pm


काठमाडौं । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिले एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

व्यापारी र व्यवसायीहरूमा बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रदान गर्ने प्रमुख उद्देश्यले संघले हिजो वीरेन्द्रनगरमा एक दिने साक्षरता अभियान सञ्चालन गरेको जनाएको    छ ।

कार्यक्रम, व्यापारी/व्यवसायीमा बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका लागि बनाइएका नीति योजनाहरू सम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामूलक रहेको थियो ।

प्रत्येक बैंकवाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको भन्दै संघले भविष्यमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउनु पर्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रहेको जनाएको छ ।

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राज कुमार शाक्यको अध्यक्षता रहेको कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल थिए । अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावत थिए ।

 



प्रतिक्रिया दिनुहोस !