१ माघ २०८१, मंगलबार

ह्वाइट लोटस मोटर्सको द ग्रिन माइल र्‍याली

प्रकाशित मिति :  23 March, 2021 6:20 pm


काठमाडौँ । “दैनिक यात्राको लागि वातावरण मैत्री विकल्प रोजौ” भन्ने नाराका साथ पियोर इभि इलेक्ट्रिक स्कुटरको आधिकारीक बिक्रेता ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल र्‍याली आयोजना सम्पन्न गरेको छ ।

र्‍याली चैत्र ७ गते पियोर इभिको नक्साल शोरुमदेखि शुरु भई धुलिखेलको धुलिखेल लज रिर्सोटमा पुगेर सकिएको थियो । र्‍यालीमा ५० भन्दा बढी विद्युतीय स्कुटर चालकहरूको सहभागिता थियो ।

पियोर इभि फल्यागसिप मोडेल इप्लूटो सेभेन जी डिसेम्बर २०२० देखि नेपालमा बिक्रि भइरहेको छ । अब अप्रिल २०२१ मा नयाँ मोडेल इट्रान्स नियो बिक्रि सुरु गर्ने योजना बनाएको छ ।

इप्लूटो सेभेन जी २,२०० वाट मोटर, रिमोभेवल ६० भोल्ट ४० एम्पाएर आवर लिथियम आइएन ब्याट्री भएको इलेक्ट्रीक स्कुटर हो । जुन यो ३.५ घण्टामा चार्ज गर्न सकिन्छ र ६० किलोमिटर प्रति घण्टा तिव्र गतिमा र एक पटक चार्ज गरेपछि ११६ किलोमिटर चलाउन सकिन्छ ।

एक औसत व्यक्तिले पेट्रोलबाट चल्ने स्कुटर चलाउदा भन्दा ब्याट्रीबाट चल्ने स्कुटर प्रयोग गर्दा वार्षिक अनुमानित ५० हजार बचत हुने र वातावरण प्रदुषित कम हुने ह्वाइट लोटस मोर्टसका म्यानेजिङ डाइरेक्टर अशोक खड्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !