१ माघ २०८१, मंगलबार

सुनचाँदी व्यवसायी-बंगालादेश बैंक साझेदारीः दलित तथा महिला सहुलियत कर्जादेखि क्युआरकोड भुक्तानीसम्म

प्रकाशित मिति :  24 March, 2021 8:17 am


काठमाडौं ।

नेपाल बंगलादेश बैक लिमिटेडले सुनचाँदी व्यवसायमा संलग्न महिला तथा दलित समुदायलाई सहुलियत कर्जाको व्यवस्था गरेको छ ।

बैंकले देशभरका सबै शाखाहरुमार्फत् उपलब्ध हुने गरि ‘महिला उद्यमशील कर्जा’ र ‘दलित समुदाय ब्यवसाय विकास कर्जा’ सेवा उपलब्ध गराउने भएको हो ।

सम्झौता अनुसार अबका दिनमा सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

सहुलियत कर्जा लगायतका सेवा उपलब्ध गराउने लगायतका बैंकिङ सेवा उपलब्ध गराउने विषयमा बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच मंगलबार बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र महासंघका अध्यक्ष माणिक रत्न शाक्यले हस्ताक्षर गरेका छन् ।
बैंकले मुलुकभरका ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएमबाट सेवा दिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !