३ आश्विन २०८१, बिहिबार

भारतको अन्तर्राष्ट्रिय उडान अप्रिल ३० सम्म स्थगित

प्रकाशित मिति :  24 March, 2021 12:18 pm


काठमाडौ । भारतको अन्तर्राष्ट्रिय उडान सेवा ३० अप्रिल २०२१सम्म स्थगित रहने भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले २४ मार्चका दिन यसअघि कोरोनाभाइरसका कारण स्थगित रहेको उडानसेवाको स्थगन अवधि बढाएको जनाएको छ ।

तर भारतले कार्गो उडानहरू र केही सिमित अन्तर्राष्ट्रिय उडानहरूको सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।भारतमा कोरोनाभाइरस संक्रमितहरूको संख्या अकस्मात बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने विभिन्न उपाय अपनाइएको छ ।

गृहमन्त्रालयले कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई नियन्त्रणमा लिन जारी गरेको निर्देशिका अनुसार अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सेवामा लगाइएको रोक आदेश विस्तार गरिएको हो ।

सरकारले अन्तर्राष्ट्रिय हवाई सेवालाई सुचारू गर्ने विषयमा छलफल भने जारी राखेको छ । एअर इन्डियाका सिमित अन्तर्राष्ट्रिय उडान सेवालाई मेमहिनामा सञ्चालन गरिएको थियो । यसमा अमेरिका र बेलायत लगायत २४ देशको उडान सेवालाई समावेश गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !