४ आश्विन २०८१, शुक्रबार

कोरोनाले दिल्लीमा होली मनाउन रोक

प्रकाशित मिति :  24 March, 2021 12:30 pm


काठमाडौ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्र्दै गएकोले त्यहाँ होली जस्ता चाडपर्वलाई सार्वजनिकरूपमा मनाउन रोक लगाइएको छ ।

त्यहाँको विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका सार्वजनिक कार्यक्रम मनाउन रोक लगाउने आदेश जारी गरेको हो ।

प्राधिकरणका प्रमुख सचिव विजयदेवले जारी गरेको आदेशमा भनिएको छ – होली, शाब ए बरात, नवरात्रीलगायतका आउन लागेको चाडपर्व सार्वजनिक स्थल, मैदान , पार्क , बजार र धार्मिकस्थल लगायतका क्षेत्रमा मनाउन अनुमिति दिइने छै ।”

कोरोनाभाइरस संक्रमितहरूको संख्या नियन्त्रणमा गइरहेका बेला हाल केही दिनदेखि त्यहाँ अचानक बढ्न गएको हो । अन्य देशमा कोरोनाको नयाँ लहर चलेको भनेर त्यसको नियन्त्रणका लागि लकडाउन लगायतका विभिन्न मापदण्ड अपनाइएको छ ।

मंगलबार दिल्लीस्थित सम्बद्ध सरोकारबाला निकायले सार्वजनिक गरे अनुसार संक्रमितहरूको संख्या १ हजार १०१ पाइयो । यो गत डिसेम्बर यताकै सबै भन्दा ठूलो संख्या हो ।



प्रतिक्रिया दिनुहोस !