११ मंसिर २०८१, मंगलबार

रुरु जलविद्युतको आइपीओ चैत २० गतेदेखि निष्काशन हुँदै

प्रकाशित मिति :  24 March, 2021 1:01 pm


काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको । कम्पनीले २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई लागि छु्ट्टाएको छ भने बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि खुला हुनेछ ।

इच्छुक लगानीकर्ताले आईपीओमा चैत २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । आईपीओमा मेरो शेयरको मोबाइल एप र वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसअघि कम्पनीले पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि इक्रा नेपालबाट रेडिट रेटिङ्ग गराएको छ । इक्रा नेपालले उक्त आईपीओलाई ‘इक्रा एनपी आइआर ट्रिपल बी’ रेटिङ्ग दिएको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !