४ आश्विन २०८१, शुक्रबार

पुँजीवाद र लोभका कारण बेलायतमा कोरोनाखोप सफल भएको प्रधानमन्त्रीको दाबी

प्रकाशित मिति :  24 March, 2021 2:51 pm


काठमाडौ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा पुँजीवाद र लोभ लालसाका कारण कोरोनाभाइरस खोप सफल भएको जनाएका छन् ।

हामीलाई कोरोनाभाइरसको खोप प्राप्त हुनुमा पुँजीवाद र मेरा मित्रहरूमा भएको लोभलालच कारण रहेको प्रधानमन्त्री जोनसनले बताएको द सनले छापेको छ ।

बेलायमा लकडाउन लगाउन कन्जरभेटिभ सांसदहरूले प्रधानमन्त्रीलाई जोनसनलाई सघाइरहेका छन् ।

बेलायती प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिटले रोयटर्सको प्रश्नको जवाफ दिन तत्कााल इन्कार गरेको छ ।

बेलायतले राष्ट्रिय खोप अभियानको सफलताबाट अब क्रमिकरूपमा बाधाहरूलाई खुकुलो गरिरहेको छ । बेलायतमा २ करोड ८० लाख बढी मानिसले खोपको पहिलो मात्र लिइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !