१ माघ २०८१, मंगलबार

सिटिजन्स बैंक र अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच डिजिटल भुक्तानी सम्झौता

प्रकाशित मिति :  24 March, 2021 4:33 pm


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच डिजिटल भुुक्तानीका लागि सम्झौता भएको छ ।

सिटिजन्स बैंकका कार्डवाहकहरूलाई अलिव कबावमा विशेष छुटको व्यवस्था उपलब्ध गराउने लगायतका विषय समेटिएको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मध्यपूर्वी भोजनको स्वाद नेपालमै पस्कने उद्देश्यकासाथ काठमाडौंको टंगालमा खुलेको अलिव कबावसँगको सहकार्य पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने बैंकका प्रवक्ता उमंग शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । छुटको विस्तृत विवरण भने खुलाइएको छैन ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउने व्यवस्था गरेको बैंकले जनाइएको छ ।

व्यवसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अप्रर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पूूँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !