४ आश्विन २०८१, शुक्रबार

भारत र पाकिस्तान सम्बन्ध सुधारको पहल, पहिलो पटक भारतीय सेना पाकिस्तानी भूमिमा युद्ध अभ्यास गर्ने

प्रकाशित मिति :  24 March, 2021 4:49 pm


काठमाडौ । भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार तर्फ ढल्किन लागेको संकेत देखिएको छ । अढाई वर्ष यता पहिलो पटक पाकिस्तानी अधिकारीहरूको एक टोली दिल्ली आइपुगेको छ ।

सिन्धु नदीको पानी बाँडफाँडबारे स्थायी आयोगको दुई दिने बैठक मंगलबारबाट शुरू भएको हो । भारतीय अधिकारीहरूका अनुसार दुई देशबीचको सम्बन्धलाई सही बाटोमा ल्याउने झ्याल खुलेको हो ।

पुलवामा हमलाको जवाफमा बालाकोट एअर स्ट्राइकयता पाकिस्तान र भारतका अधिकारी पहिलो पटक प्रत्यक्ष वार्तामा सामेल भएका हुन् । संघाई सहयोग संगठन अन्तगर्त पाकिस्तानको पब्बी इलाकामा आतंकवाद रोक्ने युद्धाभ्यास हुने र त्यसमा भारतीय सेना सहभागी हुनेछ ।

यसको औपचारिक घोषणा हुन बाँकी रहेको भएपनि यसबाट भारत पछि नहट्ने देखिएको छ ।रूसका लागि यो प्रतिष्ठाको विषय बनेको छ । भारतले रूसलाई रिसाउन नदिन चाहेको छ ।

भारत–पाकिस्तान विभाजनभए यता इतिहासमा पहिलो पटक भारतीय सेना पाकिस्तानी भूमिमा मैत्रीपूर्ण संयुक्तमा अभ्यासमा सामेल हुने भएको हो । भारत र पाकिस्तानबीच यो लाइन मिलाउने काम साउदी अरबले गरेको छ ।

यसबारे भारतको विदेशमन्त्रालयका अधिकारीहरूले केही बोल्न चाहेका छैनन । तर बिना आगो धुवाँ नउठ्ने गरेकोले केही न केही प्रगति भएको हो भन्ने अडकल गर्न थालिएको छ ।

यो लामो प्रक्रिया पूरा पछि सम्बन्ध सुधारको प्रक्रिया अगाडि आएको हो । ३० मार्चका दिन ताजिकस्तिानको राजधानी दुसान्बेमा हुने हर्ट एसिया सम्मेलनमा भारतीय विदेशमन्त्री एज जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी सहभागी हुनेछन् । यी दुई नेताबीच वार्ता हुने विश्वास गरिएको छ ।
सम्बन्ध सुधारका लागि स्मरणीय ती कुरो यस प्रकार रहेका छन् ।

.पहिलो २५ फेब्रुअरी यता युद्धविराम उल्लंघन भएन । २५ फेब्रुअरीका दिन दुवै देशका सैन्य सञ्चालन महानिर्देशकहरूले हटलाइनमा कुरोकानी गरेका थिए ।

यसमा सीमामा युद्धविराम उल्लंघन नगरिने तय भएको थियो ।त्यसयता दुवै तर्फबाट तोप विस्फोटन हुने काम बन्द भएको छ । जब १देखि २५ फेब्रुअरीसम्म २२५ युद्धविराम उल्लंघनका घटनाहरू भए । यसअघि जनवरीमा पाकिस्तानले ३३६ पटक युद्धविराम उल्लंन गरेको देखिएको थियो ।

२. दुवै देशका नेताहरूले कटु अभिव्यक्ति दिइरहेका छैनन् ।चुनावबाट पाकिस्तान हरायो । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बाजबा निरन्तर नरम अभिव्यक्ति सार्वजनिक गरिहेको देखिएका छन् ।

इमरान कोरोनासंक्रमित भएका बेला प्रधानमन्त्री मोदीले उनको सुस्वास्थ्यको कामना गरेका थिए । यता पाँच राज्यमा चुनावी महौलमा भारतीय नेता पाकिस्तान विरूद्ध कुनै अभिव्यक्ति दिइरहेका छैनन् । साथै भारतले ब्लुचिस्तानको विषयमा कुनै अभिव्यक्ति दिइरहेको देखिएको छ ।

३.प्रधानमन्त्री मोदीले पाकिस्तान दिवसको अवसरमा इमरानलाई बधाइ दिएका थिए ।मंगलबार दिल्लीस्थित पाकिस्तानको उच्च आयोगमा पाकिस्तन दिवस मनाइयो । उच्च आयुक्तले छिट्टै यहाँ नियुक्ति हुने जनायो ।

यसैगरी अरब देशहरूको मध्यस्थताबाट दुई देशबीच भएको सहमतिहरूमा सम्बन्ध सुधार गर्ने विधि अपनाइएको छ । पहिलो दुवै देशका नेताहरूले एक अर्का प्रति तिखो अभिव्यक्ति नदिने । पाकिस्तानले नयाँ सम्बन्धको प्रस्ताव गर्ने छ । भारतले त्यसलाई स्वीकार गर्नेछ ।

दोस्रो भारतमा सीएए विरोधी प्रदर्शनहरूमा पाकिस्तानमा धन सहयोगको सबुत फेला परे शान्ति वार्ता रोकिने छ । तेस्रो भारतले ब्लुचिस्तानको मामिलामा कुनै मञ्चमा केही नबोल्ने सहमति भएको छ ।

विज्ञहरूका अनुसार दुवै देशका लागि यो सहज भने छैन् ।



प्रतिक्रिया दिनुहोस !