बुधबार ४१ अंकले बढ्यो नेप्से परिसूचक
प्रकाशित मिति : 24 March, 2021 4:57 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ४१.३० अंकले बढेर २५७०.७५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ७.०६ अंकले बढेर ४५५.९५मा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावरबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।
स्टकका अनुसार बुधबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यता साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् ।
आज कूल २०८ वटा कम्पनीको एक करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।