३ आश्विन २०८१, बिहिबार

मोडेल युनाइटेड नेशन २०२१ सम्पन्न

प्रकाशित मिति :  21 March, 2021 6:02 pm


काठमाडाैं ।

रिलायन्स कलेज मोडल युनाइटेड नेसन २०२१ सम्पन्न भएको छ ।

विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले चाबहिलस्थित के एल टावरको इम्पेरीयल ब्यान्केटमा फागुन ६ गते शुक्रबार बाट शुरु भएको कार्यक्रम फागुन ८ गते आइतबार एक समारोहबीच सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसंघले सन २०३० सम्म प्राप्ति गर्ने गरी निर्धारण गरेको लक्ष्यहरु र तिनको दिगो बिकासका निम्ति विद्यालय, कलेज र विश्व विद्यालय तह देखिनै चेतना विस्तार गर्ने तथा जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

विभिन्न आठ वटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समाबेश गरिएको उक्त सम्मेलनमा विभिन्न ६ वटा विद्यालयका १६७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल, मिस नेपाल २०१५ इभाना मानन्धर, संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामबाब साह, चार्टड एकाउन्टेन्ट राजु कुमार शिवाकोटी ,सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहा, र रिलायन्स कलेजका प्रिन्सिपल रबिन्द्रजंग थापाले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !