३१ भाद्र २०८१, सोमबार

राष्ट्रिय खाद्य बैँकद्वारा २३ जिल्लामा अन्न उत्पादनको तयारी

प्रकाशित मिति :  25 March, 2021 11:18 am


काठमाडौं । राष्ट्रिय खाद्य बैँकले २३ जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ ।

पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा सहित स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले लगानीकर्तासँगको सात्क्षातकारमा अहिले २३ जिल्लामा अन्न उत्पादन गर्न लागिएको र विस्तारै अन्य तरकारी तथा फलफूल उत्पादन सुरु गर्न लागेको जानकारी गराएको हो ।

बैँकका अध्यक्ष शंकर उप्रेतीले असल माटो भए मात्र असल उत्पादन गर्न सकिने बताए । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको खाद्य बैंकको सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको अध्यक्ष उप्रेतीको भनाइ थियो ।

उप्रेतीले बैँकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैँकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गरिँँदै जाने बताए ।

अध्यक्ष उपे्रतिले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने बैँकको लक्ष्य रहेको बताँउदै आम किसान वर्ग र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडी बढ्ने बताए ।

बैँकले उत्पादनको बाली पात्रो बनाएर बैँक अगाडि बढ्ने कुरा आँल्याउदै उप्रेतीले विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैँकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरीने बताए, कृषिमा किसानहरु किसान असफल भए ? भन्ने कुराको कारण खोज्नुपर्ने बताए । उनले भने,“ नेपालमा रहेका बाँझा जग्गाहरूको सदुपयोग गर्न जहाँ जे फल्छ त्यहि उत्पादन गर्दै अगाडि बढ्दै जाँदा नेपालमा कृषि क्षेत्रमा भएको परनिरभरता समेत घटाउन सकिन्छ ।”

कार्यक्रममा बोल्दै बैँकका सल्लाहकार तथा बरीष्ठ धान बाली विज्ञ भोलामानसिँह बस्न्यातले धानको उत्पादनले प्रतक्ष रुपमा देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर पार्ने र धानको उत्पादन बढाँउन सके जिडिपी मा नै वृद्धि हुने बताए ।

उनले नेपालका सिँचाईको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवद्र्धन गर्नुपर्ने बताए, धान फुल फुलेपछिको समयमा सुर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने उल्लेख गरे । चैते धानको खेतीको भु–भाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरीत गर्नुपर्नेमा बस्नेतको जोड थियो ।

बैँकका सल्लाहकार तथा कृषि विज्ञ प्रा. डा. टंक प्रसाद पोखरेलले विषाक्त खानपानको एकदमै रोगी भएको र यसलाई बैँकले घटाँउर्दै लानुपर्नेमा जोड दिए । कृषक र उपभोक्ताहरु सबैले स्वस्थ खानपान सहितको जिवनयापन गरे मात्र हामी स्वस्थ बन्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !