ग्लोबल आइएमई बैंक लिबाङ र कमनेट सोलुसन तथा सप्लायर्स बीच ‘इजी बाई,इजी पे’का लागि सम्झौता
रोल्पा । ग्लोबल आइएमई बैंक लिबाङ,रोल्पा र कमनेट सोलुसन तथा सप्लायर्स बीच ‘इजी बाई,इजी पे’ का लागि सम्झौता भएको छ ।
सम्झौतापछि ल्यापटप, टि.भि तथा फ्रिज तथा अन्य इलेक्ट्रिकल सामान खरिद गर्न सकिने छ । यस अन्तर्गत उक्त सामग्री खरिदमा कुनै पनि अग्रीम भुक्तानी शुल्क, धितो तथा व्याज नलाग्ने ग्लोबल बैंक लिबाङ शाखाले जनाएको छ । संझौतामा लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्य र सप्लायर्सका संचालक नन्दलाल कुवरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
१५ हजार देखि २ रुपैयाँ लाखसम्मका सामग्री खरिद गर्न सकिने र उक्त रकम सबै एकैपटक नभई मासिक शुन्य प्रतिसत व्याज र किस्तावन्दीमा भुक्तानी सेवा उपलब्ध हुने तथा किस्ता ६ महिने, १२, महिने तथा १८ महिने ग्राहकको रोजाइमा नै बनाउन पाइने कमनेट सोलुसन तथा सप्लायर्सका प्रोप्राइटर नन्दलाल कवरले बताए ।
सामान खरिदको लागि ग्राहक ग्लोबल आइएमई बैकंको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनु पर्नेछ । यसभन्दा अगाडि पनि कार्ड प्रयोग गरिसकेक प्रयोगकर्ताको लागि यो मान्य रहनेछ भने अन्यको लागि भने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ ।