४ आश्विन २०८१, शुक्रबार

७१ वर्षयता जापानमा सबै भन्दा कम बिहे, बिहे गराउने कम्पनी सक्रिय

प्रकाशित मिति :  25 March, 2021 4:28 pm


काठमाडौ । कोरोना महामारीले जापानमा विवाह गर्ने दरमा कमी ल्याइदिएको छ । ७१ वर्षयता सबै भन्दा कम बिहे भएको पाइएको छ ।

स्वास्थ्य विभागका अनुसार सन् २०२०मा जापानभर ५,३७,५८३ विवाह भयो । सन् २०१९को तुलनामा १२.७ प्रतिशतले कम हो । ७१ वर्ष यता यो सबै भन्दा कम विवाह हुने दर हो ।

सन् २०२०मा ८७२,६८३ शिशुको जन्म भयो । सन् २०१९मा शिशु जन्मे भन्दा २५९१७ शिशु कम जन्मेको हो । यो १२२ वर्ष यताकै शिशु जन्मदरमा सबैभन्दा बढी गिरावट आंकलन गरिएको छ ।

जापानमा विवाह गर्ने प्रवृति बढाउन विभिन्न कम्पनीहरूले भिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । जापनको जनसंख्या घटदै गएको छ भने बृद्धबृद्धाको संख्यामा बृद्धि भइरहेको छ ।

जापानमा २०–४९ वर्ष भित्रको उमेर समूहका एक चौथाइले विवाह गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !