३ आश्विन २०८१, बिहिबार

मौरी बिना मह , गाई बिना दुध

प्रकाशित मिति :  25 March, 2021 6:42 pm


काठमाडौ । ‘मौरी बिना मह र गाई बिना दुध’ पाउन सकिन्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर विज्ञान र प्रविधिको विकासले यसलाई सत्य साबित गरिदिएको छ ।

मौरी पालन गरी उत्पादन हुने महमा पाइने सबै तत्वहरूसहित मह बनाउन सकिन्छ । गाईको दुधमा पाइने सबै तत्वहरू पाउन सकिन्छ । तर मौरी र गाई बिना नै यो सम्भव भएको समाचार बीबीसीमा सार्वजनिक भएको छ ।

बेलायतको मेलिबायो कम्पनीले सम्भव बनाएको हो । कम्पनीका संस्थापक डार्को म्याडिचले महमा पाइन प्राकृतिक हरेक अणुकण प्राप्त हुने गरी बिना मौरी मह उत्पदान गरिरहेको बताएका छन् ।इमा उलाकटको बाइलाइनमा यो समाचार सार्वजनिक भएको हो ।

म्याडिच भन्छन् “मौरी बन्ने प्रक्रिया हेर्नुस । मौरीले फुलबाट पराग चुसेर महको चाकाको कोठामा ल्याउँछ ।यसमा फ्रुक्टोज र ग्लाुकोज बनेर आउँछ । हामीले त्यसलाई प्रयोगशालामा निर्माण गरिरहेका छौं ।सूक्ष्म जीवहरूको प्रयोग गरी महका शुरूवाती कोठाको निर्माण गर्न गर्छौं ”

विगतका केही वर्षमा वनस्पतिबाट वैकल्पिक मासु र दुधजन्य वस्तुको उत्पादनको विकास भइआएको छ ।मेलिबायो जस्ता स्टार्टअप कम्पनीहरूले वनस्पतिजन्य वस्तुको उत्पादन यर्थाथमा पाइने जैविक वस्तुसरह नै निर्माण गर्ने गरेका छन् । प्रयोगशाला परीक्षणमा प्राकृतिकरूपमा पाइने यी वस्तु र प्रयोगशालामा बनाइएका यी वस्तुमा पाइने तत्व र तिनको मात्रामा कुनै फरक हुँदैन ।

मर्चा वा यिस्टको प्रयोग गरी मदिरा बनाउने विधिकै आधारमा यो बन्ने गरेको छ । फरक फरक वस्तुका लागि फरक वस्तुको उपयोग गरिन्छ ।
महबाट अन्य जुनसुकै वस्तु बनाउन सकिए जस्तै अन्डाको सेतो भागदेखि दूधसम्म बनाउन सकिन्छ ।

मर्चा विधिबाट लन्डनस्थित बेटर डेरीले दुध र चीजको विकास गरिरहेको छ । कम्पनीका संस्थापक जेभान नागराजा भन्छन् “ बिअर चुहाउन मर्चाको प्रयोग गरिएसरी दुध र चीजको विकास हुन्छ ।”

यस्तै विधि अपनाएर सनफ्रान्सिस्कोस्थित क्लारा फुड्सले अन्डाको सेता भाग बनाउँछ । सन् २०२८सम्म अन्डा प्रोटिनको सबैभन्दा ठूलो उत्पादक बन्ने देखिएको छ ।

संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनका अनुसार मासु तथा दुधजन्य वस्तुको हिस्सा वैश्विक हरितगृह उत्सर्जनमा १४.५ प्रतिशत हिस्सा ओगटेको छ ।

यसैगरी मह खाने बानीले विश्वका धेरै प्रजातिका मौरीलाई हानि पुगिरहेको म्याडिचले बताए । उनका अनुसार बजारमा बिक्री हुने महको दुई तिहाइ हिस्साले अन्य वस्तुको निर्माण हुने गर्छ । महबाट बन्ने खानेकुरा, सौन्दर्यका सामान र औषधि बनाउने गरिन्छ ।

त्यसैले हामील यस प्रकारको व्यवसायिक मोडल तयार गरेको र अमेरिकामा रहेका १५ कम्पनीले हामीसँग यसका लागि सम्झौता गरेको म्यान्डिचले बताएका छन् । मेलिबायोले सम्झौता अनुसार पहिलो आपूर्ति यो वर्षको अन्त्यतिरबाट गरिने विश्वास लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !