६ आश्विन २०८१, आइतबार

नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध गराउन खोजिएको भन्दै आपत्ति

प्रकाशित मिति :  25 March, 2021 7:08 pm


काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र महासचिवलगायतले नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अघि बढाउन आह्वान गरेका छन् ।

निर्वाचन प्रकृया अवरुद्ध पार्ने प्रयास गरिएको भन्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा, उपाध्यक्ष खिलबहादुर भण्डारी,पूर्वमहासचिव ओम शर्मा ,पोषण केसी,पूर्वसचिव रामजी दाहाल लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र शाखा तथा प्रतिष्ठान र एशोसियट्सहरूमा एकसाथ निर्वाचन हुन लागेकोमा आफूहरु खुशी रहेको भन्दै यही चैत २५ गते हुने सबै तहको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,“विभिन्न विवाद देखाएर निर्वाचन प्रक्रिया अवरुद्ध गराउन खोज्ने घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

उनीहरूले महासंघको निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न माध्यमबाट सदस्यता सम्बन्धी विवादको अविलम्ब निरुपण गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,“कुनै पनि दबाब र प्रभावमा नपरी निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रियालाई अगाडि बढाउन निर्वाचन समिति लगायत सम्बद्ध सबै पक्षलाई हामी आग्रह गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !