लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन चैत १८ गते, बैठक दाङ कि बुटवल ?
प्रकाशित मिति : 26 March, 2021 12:33 pm
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले चैत १८ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिसको निर्णय गरेको जानकार दिए । गते असोज २० गते प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो ।
पूर्वाधार तयार भइनसकेकाले बैठक भने अस्थाइ मुकाम बुटवलमै बस्ने छ ।