४ आश्विन २०८१, शुक्रबार

बाइडन दोस्रो पदावधिका लागि चुनावको तयारीमा

प्रकाशित मिति :  26 March, 2021 12:33 pm


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२४मा हुने राष्ट्रपति पदको चुनावमा दोस्रो पदावधिका लागि उम्मेदावरी दिने बताएका छन् ।
बाइडनले जनवरी २०मा पद सम्हलेयता आफ्नो पहिलो प्रेस सम्मेलनमा यस्तो खुलासा गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित प्रेस सम्मेलनमा बाइडनले भने “ सन्२०२४मा दोस्रो पदावधिका लागि तयारी गर्ने मेरो योजना छ ।”

अर्को पदावधिका लाागि उपराष्ट्रपतिमा कमला ह्यारिस नै हुने हो भनी सोधिएको प्रश्नको जवाफमा बाइडनले आफूले त्यस्तै सोचिरहेको बताए । उनी राम्रो साझेदार छिन् ।

आप्रवसनसम्बन्धी समस्याका लागि बाइडनले उपराष्ट्रपति ह्यारिसलाई जिम्मेवारी दिएका छन् ।

७८ वर्षीय बाइडन अमेरिकी इतिहासमा सबै भन्दा बढी उमेरका राष्ट्रपतिको रूपमा उल्लेखित भइसकेका छन् ।

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२०को निर्वाचनलाई पूर्णरूपमा स्वीकार गरेनन् । विवाद स्थापित गराए ।

समर्थकहरूद्वारा संसद भवनमा आक्रमण गर्न लगाए । जसका लागि उनलाई महाभियोगको सामना गर्नुपर्ने भयो



प्रतिक्रिया दिनुहोस !