११ मंसिर २०८१, मंगलबार

ज्योती लाईफको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  26 March, 2021 1:58 pm


काठमाडौं ।
ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार कम्पनीको भवन ज्ञानेश्वरमा आइपीओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू खाली हात भएका छन् ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेकोमा ४४ हजार ६ सय ४५ जना आवेदको आवेदन रद्द भएको थियो । बाँकी १७ लाख ९७ हजार ८ सय ३५ जनाको आवेदन सदर भएको थियो ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

यसरी हेर्नुहोस् आपीओको नतिजा
कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालनमा ल्याएकोे www.iporesult.cdsc.com.np वेभसाइटबाट हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !