६ आश्विन २०८१, आइतबार

कोरोना संक्रमणको जोखिम रहेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय रोल्पाको आग्रह

प्रकाशित मिति :  26 March, 2021 5:50 pm


रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाले कोरोना संक्रमण भित्रन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बिहीबार सूचना जारी गर्दै छिमेकी मुलुक भारतमा कोभिड-१९ को प्रकोप थप क्रियाशिल भई संक्रमितको दर बढदै गएको र मृत्युदरमा समेत बृद्धि भएकाले सचेत रहन आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न,व्यवसायी र उपभोक्ता तथा ग्राहकहरुले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, जस्ता जनस्वास्थ्य सम्बन्ध मापदण्डहरुको अनिवार्य पालना गर्ने र गराउने भनेको छ ।

सेनिटाईजर प्रयोग गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात व्यवसायीहरुले सिट क्षमता भन्दा बढी यात्रुहरु नराख्ने, मास्क, सेनिटाईजरको अनिवार्यरुपमा प्रयोग गर्नेरगराउने भनेको छ ।

गोष्टी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन जस्ता जमघट हुने कार्य गर्दा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको माफदण्डहरुको अनिवार्य पालना गर्ने र गराउने पनि विज्ञप्तिमा उल्लेख छ । मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारवाही समेत गरिने समेत चेतावनी दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !