५ आश्विन २०८१, शनिबार

दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढ्दो छ : नेतृ झाँक्री

प्रकाशित मिति :  27 March, 2021 12:26 pm


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढेको टिप्पणी गरेकी छन् ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेतृ झाँक्रीको यस्तो टिप्पणी आएको हो । उनले यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प आफूहरुको भएको बताएकी छन् ।

भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने भन्दै लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने आफूहरूको युगीन दायित्व भएको उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,“दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो ।”

 



प्रतिक्रिया दिनुहोस !