६ आश्विन २०८१, आइतबार

पत्रकार महासंघको अध्यक्षका लागि पत्रकार गजेन्द्रसिंह बुढाथोकीको पहिलो उमेदवारी

प्रकाशित मिति :  27 March, 2021 2:41 pm


काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि पत्रकार गजेन्द्रसिंह बुढाथोकीको पहिलो उमेदवारी परेको छ ।

बुढाथोकीले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय पुगेर उमेदवारी दर्ता गरेका हुन् ।

उनले नियम अनुसार १० हजार रुपैयाँ दस्तुर तिरेर उमेदवारी दर्ता गरेका हुन् । बुढाथोकी २५ वर्षदेखि आर्थिक पत्रकारितामा सकृय छन् । बुढाथोकी अहिले टक्सार आर्थिक म्याजिनको प्रधानसम्पादक रहेका छन् ।

दिउँसो ३ बजेसम्मका लागि उमेदवारी मनोनयनको समय तोकिएको थियो । तर पत्रकार संगठनहरुबीच तामेल नमिल्दा ५ बजेसम्मका लागि सार्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !