५ आश्विन २०८१, शनिबार

नेपाली कांग्रेसले तीन दिन झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने

प्रकाशित मिति :  27 March, 2021 2:56 pm


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औँ पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीको शुक्रबार उपचारका क्रममा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !