६ आश्विन २०८१, आइतबार

मेलम्चीको पानी आजदेखि घरमा वितरण सुरु गरिने

प्रकाशित मिति :  28 March, 2021 10:52 am


काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्चीको पानी वतरण सुरु गरिने भएको छ ।

चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै ल्याइएको पानी दिउँसो १ बजेदेखि घरघरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको मन्त्रालयको भनाई छ । आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौमा नियमित रुपमा वितरण सुरु गरिने छ ।

फागुन १० गते छोडिएको पानी आज सुन्दरीजलमा फागुन २२ गते झारिएको थियो । मेलम्ची आयोजना विसं २०५८/५९ मा सुरु भएको थियो । आयोजना सुरु गर्दा गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, तोकिएको समयभन्दा झण्डै १३ वर्षपछि मात्रै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !