४ आश्विन २०८१, शुक्रबार

भारतमा लागातार दोस्रो दिन ६२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  28 March, 2021 11:26 am


काठमाडौं । भारत लगातार दोस्रो दिन २४ घण्टाभित्र ६२ हजार भन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन् ।

मृतकको संख्या बढेर ३१२ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२,७१४ जना नयाँ संक्रमित फेला परेका छन् । केही महिनापछिको यो अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।

संक्रमण बढेसँगै महाराष्ट्र तथा दिल्ली जस्ता राज्यमा होली तथा शब–ए–बारातकोको अघिल्लो दिन कडाइ गरिएको छ । महाराष्ट्रमा रात्री कफ्र्यु लगाइएको छ भने दिल्लीमा बिहेमा जाने जन्तीको संख्या तोकिएको छ ।

भारतीय मिडियाका अनुसार तिब्र रुपमा कोरोना खोप अभियान चलिरहेपनि संक्रमण बढीरहेको छ । महाराष्ट्र राज्यमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भरतमा अहिलेसम्म १,१९,७१,६२४ जना कोरोना संक्रमित बनेका छन् भने १,१३,२३,७६२ जना निको भएका छन् ।

अहिलेसम्म १,६१,५५२ जनाले ज्यान गुमाएका छन् । सकृय संक्रमितको संख्या अझै ४,८६,३१० छ । ६,०२,६९,७८२ जनालाई कोरोना विरुद्वको खोप लगाइएको    छ ।



प्रतिक्रिया दिनुहोस !