५ आश्विन २०८१, शनिबार

नेकपा एमालेको माधव नेपाल पक्षद्वारा जिल्लामा पनि समानान्तर कमिटी गठन सुरु

प्रकाशित मिति :  28 March, 2021 12:23 pm


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले जिल्लामा पनि समानान्तर कमिटी गठन सुरु गरेको छ ।

केन्द्रमा विवाद भइरहेका बेला नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको हो । अर्घाखाँचीमा नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षता कमिटी गठन भएको हो । समानान्तर कमिटीको ७० सदस्यीय रहेका छन् ।

सर्वोच्च अदालतको फैसलाले पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काएको हुनाले तत्कालीन जिल्ला कमिटीको वैठक बसेर पुनर्गठन गरिएको अध्यक्ष चौहानको भनाई छ ।

नेपाल पक्षको सचिवालय सदस्यहरुमा तत्कालीन उपसचिव प्रेम नारायण गैरे, कूलदीप भूसाल, भविश्वर पाण्डे, सिद्धी भुसाल, सरोज भुसाल, सुनिता बेल्बासे, सुमित्रा मुखिया, पुष्पा भाट, हृदय भुसाल, तारापति भट्टराई छन् ।

उनले चैत मसान्तभित्र अर्घाखाँचीका सबै पालिका, वडा र टोलसम्म पार्टी र जनसंगठनका कमिटीहरु पुनर्गठन गर्ने तयारी छ ।

अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।

अर्घाखाँचीमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा.दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाल नेपाल पक्षमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस !