६ आश्विन २०८१, आइतबार

उपत्यकामा ८५ भन्दा बढी चेक प्वाइन्ट राखेर मापसे चेक गर्दै ट्राफिक प्रहरी

प्रकाशित मिति :  28 March, 2021 2:02 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यकामा आज सुरक्षा जाँच कडा पारिएको छ । नेपालीहरुको रंग पर्व फागु् पूर्णिमाको दिन होली खेलेर रमाउँदा सवारी नियम तोड्ने खालका गतिविधिहरु नियन्त्रण गर्न सुरक्षाा योजना सहित ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले जर्वजस्ती रंग दल्ने, लोला हान्नेलाई पक्राउ गर्ने गरी सुरक्षा योजना लागु गरेको छ । मोटरसाइकलमा तीनजना बस्ने मापसे गरेर जथाभावी सवारी चलाउने माथि विषेश निगरानी राखिने महाशाखाले बताएको छ । काठमाडौं, भक्तपुर, ललितपुरमा गरि ८५ भन्दा धेरै ठाउँमा चेक प्वाइन्ट राखेर मापसे परीक्षण स्ुरु गरिएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !