५ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभा पुनस्र्थापनापछि पहिलो पटक प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेट

प्रकाशित मिति :  28 March, 2021 4:00 pm


काठमाडौं । केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच संसद पुनस्र्थापनापछि पहिलो पटक भेटवार्ता भएको छ ।

पुनस्र्थापित प्रतिनिधि सभाका लागि सरकारले बिजनेस नदिएको र प्रभावकारी बन्न नसकेको भन्दै आलोचना भइरहेका बेला कार्यपालिका र व्यवस्थापिकाबीच छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसदलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच अन्तरसंघर्ष चर्किदै गएका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको पनि सम्बन्ध चिसिएको थियो ।

गत मंसिरमा संवैधानिक निकायमा नियुक्तिका लागि बोलाइएको बैठकमा सभामुख सापकोटा नगएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका थिए । पछि संवैधानिक परिषद् सम्बन्धी ऐन अध्यादेश मार्फत संसोधन गरेर सरकारले संवैधानिक निकायमा नियुक्ति गरेको थियो ।

त्यसपछि नै दुबैजनाबीच औपचारिक भेट हुन सकेको थिए । कार्यपालिका र व्यवस्थापिका प्रमुखबीचको विवाद सार्वजनिक रुपमा देखिने गरेको थियो । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि संसदलाई सरकारले बिजनेश नदिएको भन्दै आलोचना हुने गरेको थियो ।

सोही विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस !