६ आश्विन २०८१, आइतबार

चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

प्रकाशित मिति :  29 March, 2021 11:40 am


काठमाडौं । चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ ।

बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो ।

नेपाल आएको
खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी छन्।

चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने छ भने खोपका दुई मात्रा लगाउनुपर्नेछ ।

यसअिघ भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !