५ आश्विन २०८१, शनिबार

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन

प्रकाशित मिति :  29 March, 2021 4:12 pm


फाईल फोटो

काठमाडौं । रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलन गरेका थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली बनाएको सरकारका प्रवत्ता पार्वत गुरुङले बताए ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् ।

केही दिनअघि गृहमन्त्री बादलले वार्ता टोली गठन गरी संवादमा आउन माइतीघरबाट आग्रह गर्दै सरकारले छिट्टै वार्ता टोली गठन गर्ने जानकारी  दिएका थिए।

 



प्रतिक्रिया दिनुहोस !