५ आश्विन २०८१, शनिबार

नेकपा एमालेभित्रको संकट गहिरिदो, नेपाल र रावल ६ महिनाका लागि निलम्बित

प्रकाशित मिति :  29 March, 2021 6:07 pm


काठमाडौं । नेकपा एमालेभित्रको संकट गहिरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भिम रावललाई ६ महिनाका लागि निलम्बन गरेसँगै एमालेभित्रको अन्तरसंघर्ष थप जटिल बन्ने देखिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावलले पार्टी एकतालाई विखण्डन गर्ने,पार्टी फुटाउने,पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविछत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेसँग निरन्तर बैठक भेटघाट गर्ने, र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहेको र स्पष्टिकरणमा उक्त कुरालाई स्वीकार गर्दै अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरेको भन्दै निलम्बन गरिएको बताएका छन् ।

ओलीले नेपाल र रावललाई भनेका छन्,“तपाईंलाई सच्चिनको लागि अन्तिम मौका हो ।

आफ्ना विचार र क्रियाकलापहरु सच्चाई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको विचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिईएको मौकालाई पार्टीको् कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कयमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यवहोरा समेत जानकारी गराइन्छ ।”



प्रतिक्रिया दिनुहोस !