६ आश्विन २०८१, आइतबार

दाङमा यातायात मजदूरहरू आन्दोलित,सार्वजनिक यातायात बन्द

प्रकाशित मिति :  30 March, 2021 11:01 am


दाङ । दाङमा यातायात मजदूरहरू आन्दोलित भएका छन् ।

पारिश्रमिक लगायत विभिन्न ४ बुँदे माग राखेर मजदूर संगठनहरूले आज बिहानैदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका हुन् ।

यातायात मजदुरका पक्षमा बनेका कानूनहरू कार्यान्वयनका लागि आफूहरू आन्दोलनमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशव बहादुर भण्डारीले बताए ।

यातायात मजदूर तथा बुकिङका कर्मचारीले लामो समयदेखि पाउन नसकेको तलब भत्ता पाउनुपर्ने, नेपाल सरकारले मजदुरहरुको पक्षमा लागु गरेको सामाजिक सुरक्षा कोष लागु गर्नु पर्ने, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियनबीच भएको सहमती कार्यान्वयन गर्नु पर्ने मजदूर संगठनको माग रहेको छ ।

वार्ताका लागि मजदूर संगठन र यातायात व्यवसायीलाई स्थानीय प्रशासनले वार्ताका लागि बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !