५ आश्विन २०८१, शनिबार

माधव नेपाल संकटमा परेका बेला प्रचण्डद्वारा अदालतमा निवेदन

प्रकाशित मिति :  30 March, 2021 3:46 pm


काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबारे भएको फैसलाको पुनरवलोकन गर्न निवेदन दर्ता गरेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो ।

उक्त फैसलाको पुनरवलोकन गर्न आज अध्यक्ष प्रचण्ड आफैं सर्वोच्च अदालतमा पुगेर पुनरवलोकन निवेदन दर्ता गराएका हुन् ।

“हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ”, अध्यक्ष प्रचण्डले भने, “यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।”

उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्दै भने, “फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर हामीले असहमति जनाएका थियौँ, त्यही फैसलालाई पुनरवलोकन गर्नुप¥यो भनेर मैले निवेदन दर्ता गराएको छु ।”

उक्त पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ । उक्त विषयमा पुनरवलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ ।

पुनरवलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल भई गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरवलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाई पाऊँ भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विघटन भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सकृय छन् । नेकपाभित्र विवाद भएपछि



प्रतिक्रिया दिनुहोस !