५ आश्विन २०८१, शनिबार

निलम्बनपछि नेपाल पक्ष ओलीप्रति थप आक्रमक

प्रकाशित मिति :  30 March, 2021 5:58 pm


काठमाडौं । निलम्बनपछि माधव नेपाल पक्ष नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थप आक्रमक बनेको छ ।

अध्यक्ष ओलीले हिजो मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भिम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । निलम्बनको निर्णयसँगै आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकपछि जारी गरिएको नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले जारी गरेको संयुक्त विज्ञप्तिमा ओलीले राज्य सत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास गरिरहेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,“ नेपाल कम्युनिष्ट पार्टी(एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन,त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्य सत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको छ । ”

नेपाल पक्षले ओली उत्तेजित भएर अहिले काम गरिरहेको बताएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,“ नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनका साथै नेकपा(एमाले) विभाजित गरि कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।”

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु¥याउने,राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता,अखण्डता र स्वाभिमानमा आँच पु¥राउने विभिन्न कामहरू भएको आरोप नेपाल पक्षले लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !