५ आश्विन २०८१, शनिबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

प्रकाशित मिति :  31 March, 2021 10:20 am


काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

पार्टीभित्र आन्तरिक किचलो भइरहेपनि खनाल–नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी गराएकी छन् ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा पेश भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि हिजो फिर्ता भएको छ । यससँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट दुईवटा प्रदेशका मुख्यमन्त्री सुरक्षित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !