६ आश्विन २०८१, आइतबार

महोत्तरीमा सम्पर्कविहीन भएका ७ बालिका तथा किशोरी भारतमा भेटिए

प्रकाशित मिति :  31 March, 2021 10:24 am


काठमाडौं । महोत्तरीमा सम्पर्कविहीन भएका ७ बालिका तथा किशोरी भेटिएका छन् ।

भंगहा नगरपालिका–८, धरमपुरमा हिजो घाँस काट्न जाँदा हराएका उनीहरु भारतको सीतामढीमा फेला परेका हुन् ।

भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले सातै जना भारतको सीतामढीमा फेला परेको र उनीहरूलाई त्यहाँको रेलवे(स्टेसनबाट घरतर्फ फर्काइदै गरेको जानकारी दिएका छन् ।

हिजो दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

प्रहरीले उनीहरुलाई भारतमा भेटेको हो । थप जानकारी अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !