३१ भाद्र २०८१, सोमबार

भरतपुर महानगरस्तरीय कृषि सहकारी संजाल गठन

प्रकाशित मिति :  30 March, 2021 6:30 pm


भरतपुर ।

चितवनको भरतपुर महानगरस्तरीय कृषि सहकारी संजाल गठन गरिएको छ ।

मंगलबार भरतपुर महानगरभित्र रहेका कृषि सहकारीका अध्यक्षहरुको दोस्रो भेलाले बेदप्रसाद सापकोटाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
सापकोटा भरतपुर महानगरपालिका वडा नं ९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् ।

भेलाले भरतपुर महानगरपालिका भित्रका कृषि सहकारीहरूका समस्या र सम्बन्धित निकाय संग पहल गरि समग्र महानगरपालिकाको कृषिलाई सुदृढ गर्न संजाल गठनको निर्णय जनाइएको छ ।

संजालको उपाध्यक्षमा भरतपुर २१ मा रहेको पार्वतीपुर महिला साना किसान कृषि सहकारी संस्था लि कि अध्यक्ष शर्मिला थापा क्षेत्री, सचिवमा भरतपुर १५ स्थित सहुलियत कृषि सहकारी संस्था लि का अध्यक्ष लक्ष्मीलाल घिमिरे, कोषाध्यक्षमा भरतपुर २५ मा रहेको अमृत महिला कृषि सहकारी संस्था लि की अध्यक्ष अरुणा थापा रहेका छन् ।

सदस्यहरुमा भरतपुर २१ मा रहेको ओम शिवालय कृषि सहकारी संस्था लि का अध्यक्ष दिपक लामिछाने, भरतपुर २० मा रहेको इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष संजय भुजेल, भरतपुर २३ मा रहेको कालिका कृषि सहकारी संस्था लि का अध्यक्ष कृष्णबहादुर खड्का, भरतपुर  १७ स्थित गौरवशिल कृषि सहकारी संस्थाका अध्यक्ष प्रकास खड्का र भरतपुर २३ स्थित मधुपुरी कृषि सहकारी संस्थाका अध्यक्ष मोतीबहादुर बिक रहेका छन् ।

भेलाले भरतपुर २१ मा रहेको ओमश्री कृषि सहकारी संस्थाका अध्यक्ष चिरन्जिवी पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय बिधान मस्यौदा समिति गठन गरेको छ। सदस्यमा भरतपुर २० मा रहेको गुन्जानगर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष यसोदा पोख्रेल पौडेल र भरतपुर २३ मा रहेको पन्चतत्व कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन अधिकारी छन् ।



प्रतिक्रिया दिनुहोस !