ग्वालेक ग्रुप आक्रमक बजार विस्तारमा, नयाँ वर्षमा ‘लिम्पिया’
काठमाडौं । ग्वालेक ग्रुपले आक्रमक बजार विस्तार सुरु गरेको छ ।
सुदूरपश्चिमलाई केन्द्र बनाएको ग्वालेकले देशभर आफ्ना उत्पादनको बजार विस्तार सुरु गरेको हो । कोरोना संक्रमणको संकट कम हुँदै गएपछि ग्रुपले आफ्नो उत्पादन थपेर बजार विस्तार सुरु गरेको हो ।
ग्रुपले भोड्का र ह्विस्की फ्लेभरमा ‘सिफ्ट’ ब्राण्ड, आइकोनिक भोड्का, ह्विस्की फ्लेभरमा लिम्पिया, आस्था डिटरजेन्ट,नेचर डिटरजेन्ट पाउडर बजारमा लोकप्रिय मानिन्छ ।
ग्वालेक ग्रुप अन्तर्गतको अमृत डिष्टिलरी प्रा.लि. र स्नेहा सोप्स एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि.का अध्यक्ष पीताम्बर जोशीले नयाँ वर्षको अवसरमा ह्विस्की फ्लेभरको ‘लिम्पिया’ ब्राण्ड बजारमा ल्याउन लागेको जानकारी दिए । उनले भने,“हामीले हाम्रा अन्य उत्पादनको बजारपनि विस्तारमा छौं र नयाँ ब्राण्ड पनि थपेका छौं ।”
जोशीले अहिले आफूहरूको केन्द्र सदूरपश्चिम र कर्णाली क्षेत्र भएपनि अब देशभर बजार विस्तारमा लगेको बताए । ग्वालेक ग्रुप सिइओ अनिमेशकुमार मिश्रले आफूहरूको उत्पादन पछिल्लो समय लगभग सबै प्रदेशमा बजार विस्तार भइसकेको बताए । उनले भने,“हाम्रो बजारमा प्रतिकृया राम्रो छ । सबैजसो प्रदेशमा डिलर विस्तार भइसकेको छ ।”
कम्पनीका बिक्री तथा बजार प्रमुख चक्र बोहराले बजारमा आफ्ना उत्पादनले उपभोक्ताको मन जितिसकेको भन्दै उच्च गुणस्तर र ऐतिहासिक नाम भएकाले लिम्पियालेपनि विश्वास जित्ने दाबी गरे ।
अपरेशन म्यानेजर जगदिशबहादुर विष्टले सदूरपश्चिम र मध्यपश्चिममा आफूहरू स्वतःस्थापित भइसकेको भन्दै कोरोना संकटपछि नयाँ उत्साहका साथ बजारमा आएको बताए ।
अमृत डिष्टिलरीका फ्याक्ट्री म्यानेजर राजेश जोशी लिम्पिया बजारीकरणका लागि आफूहरूले पुरै तयारी गरिसकेको बताए । उनले भने,“उत्पादन उत्कृष्ट छ भन्नेमा हामी बिश्वस्त छौं र उपभोक्ताले साथ दिने छन् ।”
स्नेहा सोप्स एण्ड केमिकल इण्डस्ट्रिजका फ्याक्ट्री म्यानेजर इन्द्रकुमार झाले विदेशबाट आएका डिटरजेन्ट पाउडरभन्दा आधा मूल्य सस्तो र उत्कृष्ट भएको बताए । उनले भने,“ हामीले स्वदेशमै सस्तोमा डिटरजेन्ट पाउडर उत्पादन गरिरहेका छौं । विदेशबाट आयात हुने भन्दा हाम्रो उत्पादन आधा सस्तो र गुणस्तरीय छ र अहिले हामीले बजार विस्तार गरिरहेका छौं ।”
झाले डिसवास,ट्वाइलेटक्लिनर,ह्याण्डवासमा राम्रो प्रतिकृया आएको बताउँदै नयाँ वर्षमा लुगा धुने साबुनपनि बजारमा ल्याउने तयारी गरेको बताए ।