६ आश्विन २०८१, आइतबार

चीनबाट अनुदानमा आएको कोरोना विरुद्वको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई  लगाइने

प्रकाशित मिति :  31 March, 2021 5:49 pm


काठमाडौं । चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई  लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको जानकारी दिए । तर खोपको मिति भने तय भएको छैन ।

नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता गौतमले राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने बताए । भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो ।

अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

चीनले अनुदान दिएको ८ लाख डोज कोरोना चैत १६ गते काठमाडौं आइपुगेको थियो । खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !