सिटिजन्सको १६७ औं शाखा सिराहाको लहानमा
प्रकाशित मिति : 31 March, 2021 6:09 pm
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिराहाको लहानमा नयाँ शाखा खोलेको छ । शाखा मुलेसँगै बुधवारबाट बैंकिङ्ग कारोवारको सुरुवात भएको हो ।
शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु ग्राहकहरुलाई प्रदान गर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु दिँदै आएको छ ।