३० कार्तिक २०८१, शुक्रबार

किसान लघुवित्तले गर्यो एफपीओ बिक्री प्रबन्धक नियुक्त

प्रकाशित मिति :  1 April, 2021 12:54 pm


काठमाडौ । किसान लघुवित्त वित्तीय संस्थाको एफपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने भएको हो ।

उक्त एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।



प्रतिक्रिया दिनुहोस !