५ आश्विन २०८१, शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई सकस !

प्रकाशित मिति :  1 April, 2021 12:27 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन अझै सकेको छैन ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन अझै केही समय राख्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले एकरदुई दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे थप निर्णय लिने जानकारी दिए । उनले अहिले पनि परिस्थिति स्पष्ट नभएको भन्दै स्थायी समिति सदस्यहरुले समय मागेका कारण आज कुनै निर्णय नभएको श्रेष्ठको भनाई थियो ।

उनले भने, “सबै परिस्थिति हेर्दा हामीले स्थायी समितिको बैठक एकदुई दिनभित्रमा बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ।”

उनले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको भन्दै प्राविधिक रुपमा पत्र लेख्न मात्रै बाँकी रहेको तर्क गरे ।

 



प्रतिक्रिया दिनुहोस !