५ आश्विन २०८१, शनिबार

नेकपा एमालेका नेता पाण्डे र भुसालपनि ६ महिनाको लागि निलम्बनमा

प्रकाशित मिति :  1 April, 2021 1:08 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भिम रावललाई पनि निलम्बन गरिएको थियो । अध्यक्ष ओलीले पाण्डे र भुसाललाई स्पष्टिकरण सोधेका थिए ।

दुबै जनाले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

निलम्बन पत्रमा,“तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने,पार्टी फुटाउने,पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टिकरणको जवाफ दिएको देखियो” भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !