५ आश्विन २०८१, शनिबार

प्रचण्डको निवेदन पुनरावलोकन गर्न सर्वोच्चले गर्यो इन्कार

प्रकाशित मिति :  1 April, 2021 2:01 pm


काठमाडौ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी नाम विवादसम्बन्धी फैसला उपर पुनरावलोकन गर्न दिएको निवदेनमा पुनवरावलोकन नगर्ने निर्णय गरेको छ ।

सर्वोच्चले सो पुनरावलोकन निवेदनबारे सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुङ्गानासहितको तीन सदस्यीय इजलासले यस्तो निर्णय गरेको हो ।

कम्युनिस्ट नेता ऋषिराम कट्टेलले नेकपा आफ्नो पार्टीको नाम भएको भनी सो बमोजिम गरिपाउँ भनी दायर गरेको मुद्दामा सर्वोच्चले नेकपा पार्टीको नाममा कट्टेलको हक पुग्ने र नेकपा नाम गरी नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियालाई खारेज गरिदिएको थियो ।
सो फैसलाउपर पुनरावलोकन गरी पाउँ भनी निवेदन प्रचण्डले सर्र्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

अदालतले माग दाबी भन्दा बढी पार्टीको एकीकरण प्रक्रिया खारेज गरेको फैसला गरेको भनी पुनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालत पुगेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !