५ आश्विन २०८१, शनिबार

ओलीको सरकारमा जसपा नजाने डा. भट्टराईको अडान

प्रकाशित मिति :  1 April, 2021 3:22 pm


काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले ओलीतन्त्रको घाँस खान नजाने बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले यस्तो भनेका हुन् ।

उनले ट्वीटरमा भनेका छन् “ जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !”
यसका साथै भट्टराईले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह पनि गरेका छन् ।

उनले थप प्रस्ट पार्दै भनेका छन –“रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिष्ट पञ्चायत छिरेका थिए?”

 



प्रतिक्रिया दिनुहोस !