५ आश्विन २०८१, शनिबार

माओवादी केन्द्र र जसपाका कारण नयाँ सरकारमा ढिलाइ भएको कांग्रेसको आरोप

प्रकाशित मिति :  1 April, 2021 3:36 pm


काठमाडौ । नेपाली कांग्रेसले नयाँ सरकारमा ढिलाइ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कारणले भएको आरोप लगाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी केन्द्र र जसपाकोे कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका हुन् ।

प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ अगाडि नआएको नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको जनाएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्न सक्ने शर्माले बताए ।

समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रूपमा संसद सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रूपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिने उनले बताए । विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि बल्ल ढोका खुल्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !