३० कार्तिक २०८१, शुक्रबार

सकिने योजना मात्र बजेटमा पार्न अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति :  1 April, 2021 5:47 pm


काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयहरूलाई आग्रह गरेका छन् ।

सम्पन्न गर्न सकिने आयोजनाहरू मात्रै प्रस्ताव गर्न बिषयगत मन्त्रालयहरूलाई अर्थमन्त्री पौडेलले आग्रह गरेका हुन् ।

मन्त्रालयहरूले बजेट खर्च हुन नसकेर सरेन्डर गर्नु पर्ने अवस्था रहेको भन्दै उनले बहुवर्षिय योजनाहरूमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेटमा राख्न भनेका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताए ।

सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमालाई ध्यान दिएर बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिनु पर्ने आवश्यकता उनले औंल्याए ।

अर्थमन्त्री पौडेलले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्नुपर्ने रहेको जनाए ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिडबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !