नयाँ वर्ष अफरः गोदरेजको सामान खरिद गर्दा १८ हजारसम्मको क्यासव्याक
काठमाडौं ।
गोदरेजका सामान खरिदकर्ताका लागि नयाँ वर्ष अफर सार्वजनिक भएको छ । जस अनुसार हरेक गोदरेज सामान खरिद गर्दा उपभोक्ताले १८ हजार रुपैयासम्म क्यासव्याक पाउनेछन् ।
भारतीय ब्राण्ड गोदरेजका उत्पादनहरु चौधरी ग्रुप अन्तर्गतको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।
कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छुटको अफर सार्वजनिक गरेको हो । जस अन्तर्गत १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा १७ हजार ९ सय सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा १८ हजार सम्मको क्यासब्याक, १० वर्षको वारेन्टी भएको वासिङ्ग मेशिनमा १३ हजार एक सयसम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ्ग पाउडर सित्तैमा उपलब्ध हुनेछ ।
माईक्रोवेभ ओभनमा ६ हजार ९ सयसम्मको क्यासब्याक, एयर कुलरमा ३ हजार ५ सय सम्मको क्यासब्याकको व्यवस्था गरिएको छ ।
कम्पनीले हालै मात्र नेपाली बजारमा ल्याएको कोभिड–१९ तथा अन्य रोग सार्ने कीटाणुको ९९ प्रतिशत भन्दा बढी निसंक्रमण गर्ने युभीसि टेक्नोलोजीबाट निर्मित भाइरोसिल्डको खरिदमा ३ हजार ७ सयसम्मको क्यासब्याक पाईने कम्पनीले जनाएको छ ।
गोदरेजले रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, माईक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड लगायतका उत्पादन बजारमा ल्याएको छ ।