३ आश्विन २०८१, बिहिबार

प्रतिबन्ध र कोरोनाकाबीच ह्वावेको नाफा दर ३.२ प्रतिशत

प्रकाशित मिति :  1 April, 2021 6:46 pm


काठमाडौं ।

चिनियाँ बुहराष्ट्रिय कम्पनी ह्वावेले सन् २०२० मा मात्र ६४.९ अर्व रुपैया नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत बढेको हो ।

ह्वावेले सार्वजनिक गरेको २०२० को वार्षिक रिपोर्ट अनुसार अमेरिकाले गरेको प्रतिवन्ध र विश्वले कोरोना भाइरसको सामना गरिरहँदा पनि कम्पनीले विश्वव्यापी बिक्री राजस्व ८ सय ९१ दशमलव ४ अर्व युवान बराबर आर्जन गरेको छ ।

ह्वावेले केपीएमजीबाट स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गर्न गराएको थियो । रिपोर्ट सार्वजनिक गर्दै ह्वावेले जस्तोसुकै परिस्थिति भए पनि हामी सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

२०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा एक हजार ५ सय बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राखेको थियो । जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन व्यापारमा सहयोगी बन्यो ।

ह्वावे नेपाल पनि कोभिड १९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरुसँग सहयकार्यमा थियो । विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत गर्नुका साथै २ हजार भन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण तथा ३ हजार भन्दा बढीमा फाइभजी इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको छ ।

”बितेको वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेका छौं,” ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले भने, ”हामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको बिरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पु¥याइरहेका छौं । हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग ग¥यौं जसले परफर्मान्समा सुधार ल्यायो जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो छ । ”

ह्वावेको वार्षिक प्रतिवेदन यस्तो छः



प्रतिक्रिया दिनुहोस !